काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । देउवाको निवास बूढानीलकण्ठमा केहीबेरअघिबाट बैठक बसेको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र भावी रणनीतिमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।
शनिबार साँझ देउवा(ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।
कांग्रेसले ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको ग्रीन सिग्नलले नयाँ ध्रुवीकरणको वातावरण बनेको बताइन् । यही मेसोमा तरंगित प्रचण्डले ओलीसँग पनि चरणचरणमा भेटघाट गरेका छन् ।

