काठमाडौं । नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) परियोजना नेपालको समेत हितमा रहेको बताएका छन्
सम्झौता कार्यान्वयन गर्ने विषय दुई देशबीचको विश्वसनीयतासँग पनि सम्बन्धित रहेको उनले उल्लेख गरे । “दुई देशबीचको महत्त्वपूर्ण योजना हो, जसले नेपालको विकासमा धेरै ठूलो महत्त्व राख्छ,” उनले भने ।
विश्वासका एक सय भन्दा बढी देशले यो सम्झौता गरिसकेको पनि उनले बताए । ‘नेपालको हितलाई ख्याल गरेर यसलाई अविलम्ब अगाडि बढाइयोस्’ उनले भने ।

