काठमाण्डौं । शनिवार काठमाडौंमा सम्पन्न लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले ऐतिहासिक मल्टिपल कन्भेन्सनबाट कुल खसेको सदर मतमध्ये १३८७ मत प्राप्त गर्दै लायन राजन लम्साल अत्याधिक मतसहित ‘आईडी इन्डोर्सी’ पदमा विजयी भएका छन् । पराजित लायन खगेन्द्र सिटौलाले ५३१ मत पाएका छन् ।
पूर्व डिष्ट्रिक्ट गभर्नर, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा हाल एलसीआईएफ एरिया लिडर रहेका लम्सालले नेपालभरिका १५ वटा डिष्ट्रिक्टका प्रतिनिधिहरूबाट व्यापक समर्थन पाएका थिए। अब लायन राजन लम्साल २०२६ मा हङकङ्मा हुने लायन्स क्लब इन्टरनेशनलको विश्व सम्मेलनमा नेपालबाट इन्टरनेशनल डाइरेक्टर पदका लागि औपचारिक उम्मेदवार पाएका छन् ।

