बुध, कार्तिक १२, २०८२

सर्वसाधारणको बाक्लो भीड ,भोटो देखाएर जात्रा

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आइतबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । मच्छिन्द्रनाथको रथको चौथो दिन आइतबार भोटो देखाएर जात्रा मनाइएको हो ।
भोटो अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका पदाधिकारीहरु ललितपुरको जाउलाखेलमा पुगेका थिए ।
जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार