सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्।
गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन्। एक जनालाई अलिक बढी चोट लागे पनि १२ जनाको अवस्था सामान्य छ।’
‘बसमा बेहुला सवार थिए थिएनन्, त्यो पनि खुलेको छैन । ‘घाइते सबैको धनुषाकै गोदारमा रहेको रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ
दुर्घटना पश्चात बसका चालक फरार छन्। उनको खोजी भइरहेको छ।

