आज प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’ लगायत विरोध गरेका छन् ।
मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेको छन् ।

