भक्तपुर । शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले मंसिरमा हुनुपर्ने कांग्रेसको महाधिवेशन किन रोकियो ? नेपाली कांग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ तर चार वर्षभित्र गरिनुपर्ने पार्टीको महाधिवेशन अहिलेसम्म किन गर्न नसकेको ? यसको जवाफ पदाधिकारीले दिने कि नदिने ? भनेर पार्टीका पदाधिकारीसँग कोइरालाले प्रश्न गरे ।
चार वर्षभित्र गरिनुपर्ने पार्टीको महाधिवेशन किन अहिलेसम्म गर्न नसकेको ? यसरी पार्टी चलाउने हो भने भविष्यमा कांग्रेस कमजोर बन्ने चेतावनी पनि कोइरालाले दिए ।

