मङ्ल, कार्तिक ११, २०८२

सामाजिक सञ्जालमा मेयर थापा निलम्बन भनेर गलत सूचना प्रवाह

भक्तपुर । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था रहेकाले मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भएको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ६३ जनालाई बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएको छ भने थापासहित २८ जना र २ कम्पनीलाई भने विगो, कैद वा जरिवानाको कुनै माग नगरी प्रतिवादी बनाइएको छ ।
प्रमुख थापाले आफूले साविक साँगा गा.वि.स. ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग खरिद गर्नुभएको थियो । थापाले आफूले खरिद गरेको जग्गा पतञ्जलीको भएको भन्ने कुनै जानकारी नभएको र डिल्लीध्वज बराइलीसँग जग्गा खरिद गरेको बताउनु भएको छ । वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी जग्गा खरिद गरेको जग्गा हिनामिना प्रकरणबारे आफूलाई थाहा नभएको बताउनु भएको छ ।
अनियमिततामा कुनै संलग्नता मेयर थापा नरहेको अख्तियारका सहायक प्रवक्ता उप-सचिव देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । यस घट्नामा मेयर थापा दोषी नदेखिने भएकाले पद खारेज नहुने स्पष्ट भएको बताइएको छ ।
तर केही अनलाइन र सामाजिक सञ्जालमा मेयर थापा निलम्बन भनेर गलत सूचना प्रवाह गरेको प्रति मेयर थापाको आपत्ति छ ।

सम्बन्धित समाचार

ताजा समाचार