बिहि, कार्तिक १३, २०८२

बालेन समर्थकले अन्फोलो गरेपछी साईबर सेना मार्फत फोलोअर्स बढाउदै केपि ओलि

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकले प्रधानमन्त्री ओलीलाई अनफलो अभियान चलाउँदा ७५ हजारभन्दा धेरै फलोअर्स घटेका थिए ।
तर, एमालेले अध्यक्ष ओलीको फेसबूक पेजमा फलो गर्न आन्तरिक सर्कुलर नै जारी गरेपछि फलोअर्स विस्तारै बढ्दै गएको हो ।
शुक्रबार दिउँसोसम्म ओलीको पेजलाई ५ लाख ९२ हजारले फलो गरेका छन् ।
यसअघि मंगलबार साँझदेखि बालेनका समर्थकले अनफलो अभियान चलाउँदा ओलीका फलोअर्सको संख्या ६ लाख ६६ हजारबाट बिहीबार बिहानसम्म ५ लाख ८९ हजारमा झरेको थियो ।
बिहीबार दिउँसोदेखि ओलीका फलोअर्सको संख्या क्रमश बढ्दै गएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार