बिहि, कार्तिक १३, २०८२

बालेन र प्रधानमन्त्री ओलिको बिवादबारे ओलिको जवाफ म अनावश्यक बिवादमा पर्न चाहान्न समयले सबै कुरा देखाउछ

१९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी ओलीबाट दुई वर्षअघि तबला उपहार पाएका थिए । अचेल उनीहरूको सम्बन्धमा कुनै संगीत छैन निवासको भुइँतलामा कलाकार, लेखकहरूसँग बेलाबखत सत्संग गर्ने ओलीले र्‍याप संगीत हुँदै राजनीतिमा उदाएका युवा मेयरलाई तबला दिनुले आफैंमा सांकेतिक अर्थ राख्थ्यो।त्यस बेला प्रतिपक्षमा रहेका ओली डेढ महिनाअघि प्रधानमन्त्री बनेका छन् । स्थानीय सरकारका प्रमुखका रूपमा काठमाडौंका मेयर शाहले संघीय सरकार प्रमुख ओलीसँग भने निरन्तर दूरी बढाउँदै लगेका छन् ।
यो दूरी नयाँ सडकको किचलोदेखि फेसबुकका भित्तासम्म फैलिंदो छ । रोचक के छ भने संसदीय चुनावमा समानुपातिक पद्धतिमा सबैभन्दा बढी मत पाउने एमाले, अनि स्थानीय चुनावमा काठमाडौंमा ठूलो मतान्तर सहित जितेका स्वतन्त्र नेता शाह यतिबेला भर्चुअल स्पेसमा को बलियो देखिने भन्ने प्रतिस्पर्धामा छन् दुवैले यो किचलोको औपचारिक स्वामित्व नलिए पनि फेसबुक स्टाटस र कमेन्टका भाषा पढ्दा त्यसको स्रोत स्पष्ट हुन्छ ।

सिंहदरबारमा आगो लगाउने शाहको फेसबुक धम्की होस् या न्यूरोड विस्तारमा सडक विभागसँग परेको किचलो, यो दूरी निरन्तर बढ्दो छ
शाहलाई युवा पुस्ताको प्रतिनिधि भन्दै प्रोत्साहन दिंदै आएका ओलीले यतिबेला भने घुमाउरो आलोचना गर्न थालेका छन् । मेयर शाहले गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा निरन्तर आफूलाई मुछ्दै अभिव्यक्ति दिन थालेपछि ओलीले केही समयअघि उनको नाम नलिई भनेका थिए, ‘भैंसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, भैंसीले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानें भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ ।’ प्रत्यक्ष लक्ष्य गर्दै शाहले निशाना लगाउन छाडेका छैनन् । शाहले ओली र एमाले तर्फबाट लुम्बिनी प्रदेश सांसद जित्ने कार्यकर्ताको बारेमा लेखेको स्टाटस फेसबुकले मेटाइदिएपछि यो भर्चुअल द्वन्द्व उत्कर्षमा पुगेको छ ।

ओलीविरुद्ध शाहका टिप्पणीहरु चुलिंदै जाँदा शाहका निकटस्थ र समर्थकहरुले ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान समेत थालेका छन् ।

एमालेका एक नेताले अनलाइनखबरलाई बताए अनुसार दुई दिनमा ४२ हजार फलोअर्सले ओलीको पेजमा अनफलो गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार