एउटा अचम्मको घटना। जेलाबाट भागेर आफ्नै श्रीमतीको हत्या।
जेन्जीको आन्दोलनमा नक्खु कारगार बाट भागेका एकजना कैदिले घरमा गइ आफ्नै श्रीमती को हत्या गरेका छन्। कैदिले आफ्नै श्रीमती को हत्या गरेर घर नजिकैको बारिमा गाडेको अबस्थामा शब भेटिएको छ। गत भदौ २४ गते ललितपुरको नक्खु कारागार तोडेर भागेका कैदिले आइतवार घरमा पुगेर आफ्नै पत्निको हत्या गरेका हुन। जेन्जीको आन्दोलनका क्रममा सहकारी ठगी आरोपमा जेल परेका रा स्व पा का सभापति रबि लामिछाने निस्केपछी भागेका ति कैदीले घर पुगेर हत्या गरेका हुन। काभ्रेको पनौती न पा वडा नं १२ गागन निवासी ३५ बर्षिय सन्त बहादुर तामाङले ३० बर्षिय पत्नि मनिसा तामाङको हत्या गरेको सोहि गाउँका वडा अध्यक्ष जयराम के सी ले बताएका छन। सन्त बहादुर जबरजस्ती करनी मुद्दामा नक्खु जेलमा सजाए काटिरहेका थिए। उनि जेन्जी आन्दोलनका क्रममा अन्य ७०० कैदी सहित नक्खु कारागार बाट भागेका थिए। घर नजिकै को बारिमा शब भेटिएको थियो। स्थानिय हरुले बारिमा खाल्डो खनेको जस्तो देखे पछी प्रहरीलाइ खबर गरेका थिए। प्रहरी पुगेर खोजतलास गर्दा त्यहा शब भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका DSP मिन बहादुर घलेले जानकारी दिए। हत्यारा सन्त बहादुर यतिबेला फरहार छन।

