सिन्धुली । मरिण र हरिहरपुरगढी गाँउपालिकाले सोमबार आगामी आर्थिक बर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट गाँउसभा मार्फत साबर्जनिक गरेका छन् ।
कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार निर्माण, पर्यटन र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर मरिण र हरिहरपुरगढी गाँउपालकाले गत बर्षको बजेटमा बढाई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्बजनिक गरेका छन् ।
हरिहरपुरगढी गाँउपालिकाले आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि ६१ करोड१३ लाख ५५ हजार ९३७ रुपिया बराबरको अनुमानित बजेट साबर्जनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ४४ करोड दुई लाख ५५ हजार ९३७ रुपिया र पूजीगत तर्फ १७ करोड ११ लाख रुपिया रहेको छ । गाँउपालिका अध्यक्ष बज्रध्वज वाईवाले वस्ती, वडास्तरबाट आएका योजना र लक्षित समूह लगायत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा नीति तथा कार्यक्रम तयार गरी बजेट निर्माण गरिएको बताउनुभयो ।
त्यस्तै मरिण गाँउपालिले आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि कुल ७६ करोड १३ लाख ७८ हजार आठ सय रुपिया अनुमानित बजेट गाँउसभामा साबर्जनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ५१ करोड आठ लाख ४६ हजार आठ सय रुपिया र पूजीगत तर्फ २५ करोड पाँच लाख ३२ हजार रुपिया रहेको छ ।
मरिण गाँउपालिकाले गत बर्ष ६३ करोड ६० लाख ६३ हजार रुपिया बजेट सार्बजनिक गरेको जनाएको छ । गाँउपालिका अध्यक्ष बिमर्श मोक्तानले आगामी बर्षका लागि बालविवाह र बालश्रम मुक्त, ववाह नगरी स्नातक गर्ने किसोरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, एक वडा एक खेलमैदान निर्माण, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटेको जानकारी दिनुभयो ।
मरिण र हरिहरपुरगढी गाँउपालिकाले महिला, दलित, जनजाती, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकलाई प्राथमिकता दिएर बजेटमा समेटेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये सुनकोसी र गोलन्जोरले बजेट बाँकी ल्याउन बाँकी राखेर यसअघि नै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरि सकेका छन् । यि दुई गाँउपालिका सहित बाँकी आठ वटाले मङ्गलबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गर्ने भएका छन् ।
कानूनी रूपमा असार १० गतेसम्म आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधान अनुसार स्थानीय तहले यो बर्ष समयमा नै बजेट ल्याएको जनाएका छन ।

