बुध, कार्तिक १२, २०८२

लायन राजन लम्साल अन्तर्राष्ट्रिय निर्देशक पदका लागि प्रतिस्पर्धामा

काठमाडौँ । लायन राजन लम्सालको जन्म स्याङ्जा जिल्लामा वि.सं. २०२६ सालमा भएको र लम्सालले प्रारम्भिक शिक्षा आफ्नै गाउँस्थित जनप्रिय माध्यमिक विद्यालयबाट कक्षा ७ सम्म अध्ययन गरे। लम्साल बुटवल मा.वि.मा भर्ना भई कक्षा ८ का लागि उनी बुटवल पुगे । २०४३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे। त्यसपछि लम्सालले काठमाडौं आएर पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता तह उत्तीर्ण गरे। शंकरदेव क्याम्पसबाट स्नातक तहमा व्यवस्थापन विषयमा डिग्री हासिल लम्सालले गरे ।
स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि पेसागत जीवनको सुरुआत चितवनस्थित आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं कार्यालयमा १२ वर्षसम्म लेखापालको रूपमा गरे। त्यसपछि लम्सालको ट्राभल एजेन्सी, होटेल व्यवसाय, म्यानपावर कम्पनीजस्ता व्यवसायमा साझेदारी गर्दै, कलेज, कन्सल्टेन्सी, बैंक, जलविद्युत कम्पनी, यातायातका साधनको आयात, तथा अन्य थुप्रै निजी कम्पनीहरूमा समेत सहभागी हुँदै अहिले उनी शेयर ब्रोकर व्यवसायमा स्थापित भइसकेका छन्। सामाजिक कार्यप्रति लगाव राख्ने उनले ‘सहयोगी हातहरू’ नामक संस्था स्थापना गरी विभिन्न सामाजिक सेवामा समर्पित हुँदै आएका छन्।
उनका पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तानमध्ये उनी जेठा सुपुत्र हुन् । उनकी जीवनसंगीनी लायन इन्दु लम्साल सन् २०१९–२० मा लायन्स डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भइ सकेकी छिन् । लायन इन्दु लम्सालले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय लायन्सद्वारा प्रदान गरिने ‘एम्बेसडर अफ गुडविल’ अवार्ड प्राप्त गरेकी थिइन्। लायन राजन र इन्दु लम्साल नेपालकै पहिलो ‘पति–पत्नी डिष्ट्रिक्ट गभर्नर’ जोडी हुन्। यसअघि सन् २०१०–११ मा लम्साल गभर्नर थिए, उनले ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ कीर्तिमान बनाएका थिए।
लम्साल हाल काठमाडौं महानगरपालिका वडा नं. २६, सामाखुशी टाउन प्लानिङमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । समाज सेवामा रुचि राख्ने लम्साल नेपाली मौलिक कला, संस्कृति, लोकगीत र भजनको संरक्षणमा समेत सक्रिय छन् । नेपाली लोक र दोहोरी गीत, भजन आदिको जगेर्नामा उनको विशेष योगदान रहँदै आएको छ। उनकै सक्रियतामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको स्थापना भएको हो ।
लायन्स र लम्साल
सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्यता लिएपछि २७ वर्षको उमेरदेखि सामाजिक सेवामा पूर्ण रूपमा संलग्न भए, उनले सन् २०१०–११ मा तत्कालीन डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११–१२ मा मल्टिपल काउन्सिल चियरपर्सन, सन् २०१२–१४ मा एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७ र २०१७–१९ मा जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ मा स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, तथा सन् २०१९–२२ मा जीएमटी को–अर्डिनेटर का रूपमा नेतृत्व सम्हालिसकेका छन् । लायन वर्ष २०२२ – २३, २०२३ – २४ र २०२४ – २५ मा लगातार तीन वर्षसम्म एलसीआईएफ एरिया लिडर को जिम्मेवारीमा कार्यरत रहँदै , उनले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन्।
लम्सालको नै उम्मेदवारी किन ?
राजन लम्साल लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशक बनेपछि नेपालको झण्डा र राष्ट्रिय गानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अभियानमा क्रियाशील हुने घोषणा गरेका छन् । नेपालमा लायनिज्मको विकास र विस्तारमा लायन्स अन्तर्राष्ट्रियका लागि अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्शी) पदमा मनोनयन दर्ता गराइसकेका छन् । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा अमूल्य मत र समर्थनको अपेक्षा गरेका छन् लम्सालले ।
विदेश भ्रमणमा लम्साल
लम्सालको अन्तर्राष्ट्रिय अनुभव गहिरो छ उनले अमेरिका, फ्रान्स, जापान, सिंगापुर, मलेसिया, हङकङ, थाइल्याण्ड, भारत, श्रीलंका, ट्युनिसिया, यूएई, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा, बंगलादेश, लेबनानलगायत थुप्रै देशको भ्रमण गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार