जेठ १५ । आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१ र ०८२ को राजस्व र व्ययको वार्षिक अनुमानको ९ बजेट पेस गर्ने कार्यसूची छ । आज अपराह्न ३:०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम आ.व. २०८१ र ०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिवले जानकारी दिए ।
अपराह्न १:४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आ.व. २०८२र०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने र संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २:४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

