काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व

आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् ।
देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।

काठमाडौँको पशुपतिका साथै वसन्तपुर दरबार क्षेत्रमा रहेको मक्खन पशुपतिमा पनि व्रतालुहरूको भीड लागेको छ ।
सानो पशुपतिसमेत भनिने मक्खन पशुपतिमा भीड छिचोल्दै पशुपति पुग्न नसकेका व्रतालुहरू पुग्ने गर्छन् ।

