काठमाडौं । ‘सहीछाप’ रोमान्टिक डान्सिङ गीत सार्वजनिक भएको छ । लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय दाहाल र पेशाले अधिबक्ता रहेकी मुक्ता पान्डेको स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन।
यसअघि मुक्ता पान्डेद्वारा गाइएको गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएका थिए ।

