काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै आज सुन तोलामा रु पाँच सयले बढेको छ भने चाँदीको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० कायम भएको छ । चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।

