काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

