काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । गभर्नर नियुक्ति बदर गर्नुपर्ने माग गरेर अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले मंगलबार उक्त रिट दायर गरेका छन्। यस रिटमाथि सर्वोच्च अदालतमा बुधबार सुनुवाइ तोकिएको छ।
अधिवक्ताहरूले संविधानको धारा १३३ (२) र १३३ (३) (क) बमोजिम उत्प्रेषणको आदेश माग गर्दै राष्ट्र बैंक गभर्नरका हैसियतमा पौडेलले नोटमा हस्ताक्षर गर्ने वा अन्य गम्भीर नीतिगत निर्णय नगर्न नगराउन परमादेशसमेत माग गरेका छन्। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनिवार्य विज्ञताको अभाव भएको व्यक्तिलाई गभर्नरमा नियुक्त गर्नु गैरकानुनी भएको दाबी गरिएको छ।

